काठमाडौं, १६ चैत्र । नेपाल उद्योग वाणिज्य महासघले सरकारले खडा गरेको कोरोना साहायता केन्द्रीय राहत कोषमा सहयोग गरेको छ । आईतबार सिंहदरबारमा पुगेर महासघको पदाधिकारीले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । महासघले ५९ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । यस्तै ९१ लाख बराबरको स्वास्थ्य तथा खाद्यान्नलगायत सामग्री सहयोग गर्ने महासंघकी अध्यक्ष भवानी राणाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिईन् ।
उक्त सहयोग रकम र सामाग्री हस्तान्तरण गर्न महासंघकी अध्यक्ष राणासँगै पूर्व अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र आउने साधारणसभामा बरिष्ठ उपाध्यक्षका उम्मेद्धवारद्धय किशोर प्रधान र चन्द्र प्रसाद ढकाल पनि उपस्थिति थिए ।
तस्विर : मुकुन्द कालिकोटे, RN
नोट : यसअघि ५० लाखको चेक बुझाईएको भनेर लेखिएको थियो । तर, महासंघले ५९ लाखको चेक प्रदान गरेकोले सच्याइएको छ ।