काठमाडौ, १६ चैत्र । मन्त्रिपरिषदको बैठकमा सामाजिक दूरी कायम गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु एक-अर्काबाट निकै टाढा बसे ।
मन्त्रीहरु सबैले मास्क प्रयोग गरे । उनीहरु निकै टाढा टाढा बस्दा ठाउँ ठूलो चाहिएको थियो ।
बैठकमा सरकारले लकडाउन थप आठ दिन लम्ब्याउने निर्णय गरेकोबारे समेत छलफल भएको बुझिएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि २६ चैत्रसम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरिसकेको छ ।
सरकारले ल्याउने भनिएको राहत प्याकेजबारे बैठकमा छलफल भएको बुझिएको छ ।
तस्बिर स्रोत: प्रधानमन्त्रीको सचिवालय