Logo

भौतिक दूरी कायम गरेर मन्त्रिपरिषद बैठक बस्यो (फोटोफिचर)



काठमाडौं, १६ चैत्र । मन्त्रिपरिषदको बैठक बालुवाटारस्थित सचिवालय हलमा निर्धारित भौतिक दुरी कायम गरी सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएअनुसार आजको बैठकमा प्रधानमन्त्री ओली र मन्त्रीहरु मास्क लगाएरनै बैठकमा बसेका छन् ।

थापाले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्,”पछिल्लो समय सधैजसो बालुवाटारमा बैठक बस्ने गरेको प्रधानमन्त्रीज्यूको निवास रहेको भवनस्थित बैठक कक्षमा स्थानको सीमितताले गर्दा पर्याप्त भौतिक दूरी मिलाउन सकिने गरी ठूलो हलमा बैठक गर्नुपरेको हो । बैठकका निर्णयहरू आजै सरकारका प्रवक्ता सूचना तथा संचार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष जानकारी गराउने भएकाले एनटिभी लाईभ पछ्याउन अनुरोध गर्दछु ।”



प्रतिक्रिया दिनुहोस्