Logo

ग्याँस लुकाएको अभियोगमा पक्राउ



धनुषा, १६ चैत्र । ग्याँस लुकाई छिपाई राखेको अभियोगमा एकजनालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका जय प्रकाश साहलाई ग्याँस लुकाई छिपाई राखेको अभियोगमा पक्राउ गरेको हो ।

ग्याँस लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो । साथै उनको पसलको गोदाममा तलासी गर्दा लुकाई राखेको बिभिन्न कम्पनीका २० थान ग्याँस सिलिण्डर बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot