काठमाडौ, १७ चैत । कोरोना भाइरसका कारण लक डाउनबाट परेको प्रभाव कम गर्न नेपाल सरकारले विद्युत, फोन, इन्टरनेट महशुलमा छुट दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेपछि गरिएको आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताएका छन् । फागुन र चैत्र महिनाको १५० युनिटसम्म विद्युत खपत गर्ने ग्रहाकलाई महसुलमा २५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको जानकारी गराएका छन् ।
श्रमिक तथा दैनिक ज्याला मजदूरी गरी खानेका लागि दैनिक गुजार चल्ने गरी स्थानीय तहसँग समन्वय गरी राहत उपलब्ध गराउने समेत निर्णय सरकारले गरेको छ ।