Logo

लक डाउनको अवधि चैत्र २५ गतेसम्म



काठमाडौं, १७ चैत । देशमा कोरना भाइरस संक्रण नियन्त्रणका लागि यस अघिको लक डाउनमा (हिँडडु गर्न प्रतिबन्ध) अवधि चैत २५ गतेसम्मका लागि लम्याउने निर्णय सरकारले गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी गराएका छन् ।

सरकारले गत सोमबार चैत्र ११ गते मंगलबार विहान ६.०० बजे देखि १८ गते मंगबार विहान ६.०० बजेसम्मका लागि एक हप्तासम्म आम नागरिकलाई घरमा नै बस्न आदेश जारी गरेको थियो । पहिलो पटक घर मै बस्न आदेश जारी भएका बेला देशभरमा जम्मा दुई जनामा मात्र कोरोना संक्रमण भएको पाइएको थियो । अहिलेसम्म उक्त संख्या बढेर पाँच पुगिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्