एजेन्सी, १७ चैत्र । रुसले कोरोना भाइरस फैलनुमा अमेरिकाको भूमिका नभएको जनाएको छ । उसले अमेरिकाको भूमिकाबारे कुनै तथ्यांक नभएको उल्लेख गरेको छ । तर, केही प्रश्न र आशंका बाँकी रहेकाले अमेरिकाको सैन्य र जैविक गतिविधि गम्भीरतापूर्वक नियालिरहेको जनाएको छ ।
रुसी समाचार संस्था तासले रुसका विदेश मन्त्रालयका अधिकारीलाई स्रोतका रुपमा उल्लेख गर्दै आइतबार त्यस्तो कुनै तथ्यांक नभएपनि केही प्रश्न भने बाँकी रहेको जनाएको छ । सँसारमा पहिलो कोरोना भाइरसको केस कहाँबाट शुरु भयो भन्ने पनि महत्वपूर्ण अध्ययनको जरुरी हुने जनाइएको छ । अमेरिकाले चीनबाट कोरोना भाइरस उत्पन्न भई फैलिएको जनाउँदै आएको छ । तर, चीनले अन्य देशबाट भित्रिएको दाबी गर्दै आएको छ ।
रुसले निकै दुरीसम्मको अमेरिकी सैनिक र जैविक गतिविधिबारे अध्ययन गरिरहेको जनाएको छ । रुसी विदेश मन्त्रालयका अधिकारीले अमेरिकामाथि अझै केही प्रश्न बाँकी रहेको भनेका छन् ।-Photo Source: TASS