Logo

स्वास्थ्यमन्त्रीका विषयमा पछि छलफल गरौंला, अहिले कोरोना परास्त गर्न लागौं-सुवासचन्द्र नेम्वाङ



काठमाडौँ, १७ चैत्र । नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कोरोनालाई परास्त गरेपछि सरकारी तहबाट गल्ती भएका भए उठाउन आग्रह गरेका छन् । देश अहिले कोरोना विरुद्धको युद्धमा एक भएर लड्नुपर्ने अवस्थामा रहेकाले यस विरुद्धको लडाइमा सरकारले सवैको साथ खोजेको भन्दै अहिले लक्ष्यमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

सरकाले थपेको लकडाउनको निर्णयलाई सवै साथ दिनुपर्ने भन्दै नेम्वाङले कोरोनाको अगाडी नेपालीले विजय प्राप्त गर्नु बाहेक अर्को उपाय नभएको ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा बताए । सरकारले केहि क्षेत्रमा राहतको पनि घोषणा गरेको र यसलाई सरकाले सफलता हासिल गर्न वैदेशिक ऋण लिएर भएपनि पुरा गर्ने बताए ।

नेपालीमा नभइ बाहिरबाट आएका नेपालीबाट यो संक्रमण नेपाल भित्रिउको र यसलाई रोक्न सरकार असमर्थ भएकाले अब जति छ त्यतिमानै रोक्ने प्रयास गर्नुपर्ने र कोरोना विरुद्धको अभियानमा एक भएर लाग्दा यसलाई पराजित गर्न सकिने उनको भनाई छ ।

नेम्वाङले विश्व परिस्थितिले गर्दा चिकित्सकीय सामाग्रीहरु सरकारले बढी मुल्यमा खरिद गर्नुपर्दा विभिन्न विषयहरु उठेका र जनताले पनि यो विषयमा प्रश्न उठाएकाले यो असामान्य अवस्थामा यो विषयलाई उचालेर कोरोना विरुद्धको लडाईलाई कमजोर नबनाउन आग्रह गरे । ‘यस्ता विषयलाई पछि खोजौला, अहिले हामी कोरोनासंगको युद्ध मोर्चामा छौ यो लडाई जितेपछि यो विषयमा छलफल गरौला अहिलेलाई सरकार अहोरात्र लागिरहेको छ सहयोग गरौँ,’ उनले भने ।

उनले भने,‘स्वास्थ्यमन्त्री माथि लागेको आरोपको विषयमा पनि पछि छलफल गरौला । प्रधानमन्त्री र पार्टीले पनि त्यो विषयमा हेर्छ । यो समयमा भानुभक्त ढकाल यो युद्धको अगाडी मोर्चामा भएकाले त्यो तर्फ नलागौ । पहिले कोरोनालाई मिलेर परास्त गरौँ । बाँकि कुराका लागि कुरा गर्न हामीसंग मैदान खाली हुनेछ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीगत रुपमा चीन सरकारलाई पठाएको पत्रका विषयमा सवै नेता होम क्वारेन्टाइनमा भएकाले छलफल नभएको बताए । सरकारले सवै देशसंग छलफल गरिरहेको र चीन सरकारसंग सरकार सरकारवीच कुरा भइरहेको अवस्थामा पार्टी अध्यक्षले मित्रका हिसावले पत्र पठाउनुभएको हो भन्ने रुपमा मात्रै लिदा राम्रो हुने नेम्वाङको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्