Logo

विश्व बजारमा तेल पानीभन्दा सस्तो



काठमाडौं, १७ चैत्र । विश्व बजारमा तेलको मूल्य एक महिनामै आधाले सस्तो भइसकेको छ । कच्चा तेलको मूल्य प्रति ब्यारल २० देखि २६ डलरको बीचमा छ ।

तेलको मूल्यबारे जानकारी दिने आयल प्राइलले आज प्रति डब्लटिआई क्रुड प्रति ब्यारल २० डलर पुगेको जानकारी दिएको छ । ब्रेन्ट क्रुड र ओपेक बास्केट २६ डलर नै छ ।

प्रति ब्यारल १५९ लिटर हुन्छ । अहिले प्रति लिटर कच्चा तेलको मूल्य २० रुपैयाँभन्दा कम छ । जुन पानीभन्दा सस्तो हो ।
विश्व बजारमा पानीको खुद्रा मूल्य योभन्दा बढी छ । पिउने पानी प्रति लिटर २० रुपैयाँभन्दा बढी पर्न जान्छ ।

कोरोना भाइरसका कारण विश्वका आधा भागमा लकडाउन हुँदा खपत कम भएको छ । यसका अलावा रुसले ओपेक देशरुको उत्पादन घटाउनका लागि भएको आग्रह अस्वीकार गरिदियो । उत्पादन बढ्नु र खपत कम हुनुले विश्व बजारमा तेलको मूल्य घटेको हो ।



प्रतिक्रिया दिनुहोस्