Logo

स्वास्थ्यमन्त्रीले इमान्दारपूर्वक काम गरिरहनुभएको छ- सुवासचन्द्र नेम्वाङ



काठमाडौं, १७ चैत्र । नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कोरोनाविरुद्धको लडाईंमा सबै एकजुट भएको बताएका छन् । उनले यो अवस्थामा गल्ती कमी कमजोरीलाई उचाल्ने काम गर्न नहुनेमा जोड दिए । नेम्वाङसँग कोरोनाको कहर, सरकारले स्वास्थ्य सामाग्री ल्याउँदा उठेको प्रशनलगायतका विषयमा ऋषि धमलाले गरेको कुराकानीः
सरकारले लकडाउनलाई चैत २५ गेतसम्म पुर्याउने निर्णय गरेको छ, यसलाई व्यवस्थापन गर्न कस्तो नीति ल्याउनुपर्ला ?
सरकारले हिजो मात्रै लकडाउनलाई केही विस्तारित गर्ने निर्णय गरेको छ । यसलाई सिंगो देशले स्वागत गरेको छ । यो कोरोना भाइरसविरुद्ध हामी सबैको सकसपूर्ण लडाँई हो । यसमा हामी विजयी हुन्छौं । कोरोनाविरुद्ध विजय प्राप्त गर्नुबाहेक हामीसँग अर्को बिकल्प छैन । यो लडाईँको सरकारले सुझबुझ पूर्णतरिकाले नेतृत्व गरिरहेको छ । अहिलेको लडाईँमा सिंगो देश एक भएको छ । सबै राजनीतिक दलहरु एकताबद्ध छन् । यसलाई कायम राख्दै आइपरेका सबै समस्याको समाधान गर्दै अगाडि बढ्नुपर्छ । हिजो मात्रै सरकारले केही राहत प्याकेजको पनि घोषणा गरेको छ ।
राहत प्याकेजको घोषणा त भयो, कार्यान्वयनका चुनौतीहरु त छन् नि ?
निश्चयपनि यसमा चुनौतिहरु छन् । हामीले कमीकमजोरका साथ केही सफलताहरु हासिल गरेका छौं । पहिला भनेका थियौं, ‘यो कोरोनालाई नेपाल प्रवेश गर्नै नदिने’ र, समाज र मुदायमा प्रवेश गर्न नदिन सफलता प्राप्त गर्यौं । यतिहुँदाहुँदै पनि ५ जना संक्रमितहरु बाहिरबाट नेपाल प्रवेश गरे । यसलाई पहिल्यै रोक्नसक्नुपथ्र्यो, नसक्नु ठूलो कमजारी हो । अब यसलाई समाजमा पैmलिन नदिने अहिलेसम्म सफलता प्राप्त गरेका छौं । अझ दृढतापूर्वक अगाडि बढेर संक्रमणलाई फैलिन नदिन जहाँको तहीं रोक्न सक्नुपर्छ ।
आगामी २५ गतेसम्म गरिएको लकडाउन कार्यान्वयन हुन्छ ?
अहिले प्रधानमन्त्री केपी ओलीमाथि सिंगो देशले विश्वास गरेको छ । यसको लागि सत्तापक्ष, पतिपक्षलगायतका राजनीतिक दलहरुलाई धन्यवाद भन्नुपर्छ । अहिले नागरिकसमाजसहित सम्पूर्ण नागरिकहरु कोरोनाविरुद्ध एक भएर लागिरहेको अवस्था छ । यसैगरी अगाडि बढाउँदा हामी टुंगोसम्म पुग्न सक्छौं भन्ने विश्वास छ ।
अहिलेको अवस्थामा चीनबाट सामाग्रीहरु आयो, त्यो अत्याधिक महंगो भयो के कारणले हो ?
हामीहरु अहिले कोरोनाको विपद्मा छौं । अझ हामीभन्दा बाहिरका महाशक्ति राष्ट्रहरु त आपतकालीन अवस्थामा छन् । विश्वमै काहालीलाग्दो अवस्था देखापरिरहेको छ । यस्तो अवस्थामा यो सम्बन्धी सामाग्रीमा अलिकति महंगो भयो भन्ने कुरालाई हामीले त्यही रुपमा लिनुपर्छ । अर्को अहिले यस्तो कुराहरुमा नफसौं । हामी सबै कोरोनाविरुद्धको युद्ध मोर्चामा छौं । युद्धमा होमिएको बेलामा अरु विवादमा फस्ने काम नगरौं । रोगविरुद्धको लडाइँमै केन्द्रित भएर लागौं हामी सफलता हासिल गर्दछौं । जब यसबाट सफल हुन्छौं त्यतिबेला यो मैदान त छँदैछ, त्यतिबेला यसबारेमा छलफल गरौंला । र, निष्कर्षमा पुग्ने काम गरौं । तर, मलाई विश्वास छ, सरकार, सम्बन्धित मन्त्रीले इमानदारीपूर्वक काम गरेको छ । उहाँहरु कोरोनाविरुद्धको लडाईंमा अहोरात्र लागिरहनुभएको छ । यस्तो अवस्थामा अरु कुरामा अलमल नगरौं ।
अहिलेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गरेका जुनसुकै निर्णय पनि आलोचित भएका छन् नि ?
लोकतन्त्रमा लोचना, टिप्पणी हुनुलाई म अन्यथा मान्दिँन । भानुभक्तजीले पनि अन्यथा मान्नुभएको छैन । यहाँ मन्त्रीजीको मात्रै होइन, मेरो पनि आग्रह के हो भने अहिले कोरोनाविरुद्ध युद्ध मैदानमा छौं । यस युद्धमा भानुभक्त ढकाल अग्रपंत्तिमा उभिएर सामाना गरिरहनुभएको छ । त्यसैले युद्धमोर्चामा कोरोनाविरुद्ध लडार्इँ लडिरहेको बेलामा पछाडिबाट प्रहार गर्ने काम नगरौं । भोलि युद्ध जितिसकेपछि त्यसको बारेमा चर्चा गरौंला ।
त्यसोभए अहिले मन्त्रीको आलाचना नगरौं भन्न खोज्नुभएको हो ?
अहिले त्यसरी नजाऔं । त्यसोगर्दा युद्धमोर्चा लडिरहेका बेलामा राम्रो हुँदैन । त्यसले कोरोनाविरुद्ध लड्ने भन्दा कोरोनालाई सहयोग पुग्छ । अहिले त्यसतर्पm नलागौ भन्ने आग्रह छ ।
अध्यक्ष प्रचण्डले चीनियाँ राष्ट्रपतिसँग सहयोगको याचना गर्नुभएको छ, अहिले सरकारले पनि गरिरहेको छ व्यक्तिगत रुपमा किन यस्ता पत्रहरु जान्छन् ?
अहिले उहाँसँग मेरो भेटघाट छैन । हामी आइसुलेसनमा छांै । उहाँपनि आफ्नै ठाउँमा आइसुलेसनमा हुनुहुन्छ । टेलिफोन वार्तासम्म हामीबीचमा हुन्छ । अहिले स्वाभाविक रुपमा सरकारले नै भारत, चीनसँग आग्रह गरेको छ । अरु देशहरु अहिले आफ्नै लडाईँमा लागिराख्नुभएको अवस्था छ । तर, चीन भने आफ्नो समस्यालाई लगभग टुंगोमा पु¥याएर विश्वलाई सहयोग गर्न लगेको अवस्था छ । उसले हामीले पनि सहयोग गर्छु भनिरहेको छ । यस्तो अवस्थामा तपाईंले भनेजस्तै सरकारले नै चीनसँग छलफल गरेको छ, पटक–पटक भनेको छ । यही अवरमा अर्का अध्यक्ष प्रचण्डले सीलाई पत्र लेख्नुलाई मैले स्वाभाविक रुपमा लिएको छु ।
लकडाउनमा सरकार सफल हुन्छ, जनता सडकमा आउँदैनन् हो ?
स्वाभाविक रुपमा यो लडाईंमा सरकार सफल हुन्छ । त्यो सफल प्राप्त गरिसकेपछि त्यतिबेला जनता धन्यवाद भन्न सडकमा आउँछन् ।
सरकारले राम्रो ग¥यो भनेर धन्यवाद भन्न मात्रै सडकमा आउँछन् ?
हो, उनीहरु सरकारलाई धन्यवाद दिन मात्रै सडकमा आउँछन् । अरु कुराको लागि सडकमा आउँदैनन् ।
रिपोर्टर्स क्लबलाई आज कसरी सम्झनुहुन्छ ?
रिपोर्टर्स क्लब नेपाल त मलाई कस्तो लाग्छ भने एउटा शुभचिन्तक, मित्र मात्रै होइन, यसको म आफै संस्थापक भए बराबर ठान्दछु । मैले आफूलाई सदासर्वदा साथमा उभिएको पाएको छु । र, रिपोर्टर्स क्लब पनि सदासर्वदा हामीसँग उभिएको पाएको छु । रिपोर्टर्स क्लब निरंकुशताविरुद्ध आन्दोलनको बीचमा जन्मियो । त्यहीक्रममा यो अगाडि बढ्यो । अहिले पनि अप्ठ्यारोका बेला जनताको पक्षमा उभिएर आज आफ्नो वार्षिकोत्सव मनाइरहेको अवस्था छ । मंैले यही रुपमा हेरेको छु । रिपोर्टर्स क्लब सदार्वदा जनता, देश र हाम्रा आवाज बनेर उभिएको मैले पाएको छु । यसरलाई निरन्तर रुपमा अगाडि बढाउन अध्यक्ष ऋषि धमलालगायत यससँग सम्बन्ध सम्पूर्ण पत्रकार मित्रहरुलाई यही ढंगले अगाडि बढ्न बधाई दिन्छ । यहीहरुले अहिलेसम्म दिनुभएको योगदानप्रति धन्यवाद दिन्छु । साथै यहाहरुको निरन्तर सफलताको लागि शुभकामना दिन्छु । सदासर्वदा रिपोर्टर्स क्लब यसरी नै उभिन सकोस् मेरो धेरै– धेरै शुभकामना छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्