मानिस आफैमा महान हुँदैन, उसको विचारबाट महान बन्ने हो । अन्य मानिसको भन्दा विचार र काम शुद्धता र सरलता महान मानिसहरुको फरक हुन्छ । यीनीहरुको लक्ष्य समाज बदल्नको लागि हुन्छ । राष्ट्रपिता महात्मा गान्धीलाई सबैले मायाले ‘बापु’ भन्दथे । उनी महान सोच भएका एक साधारण व्यक्ति थिए । उनी करौडौ देशवासीहरुको जीवन बदल्न चाहन्थे ।
उनका केहि प्रेरक भनाई
- व्यक्ति आफ्नो विचारको सिवाय अरु केहि होइन । उसले जे सोच्छ, उहि बन्न सक्छ ।
- कमजोरले कहिल्यै क्षमा दिन सक्दैन, क्षमा त शक्तिशालीको निशान हो ।
- ताकत शारीरीक शक्ति बाट नआई इच्छा शक्तिबाट आउछ ।
- धैर्यताको सानो भाग एक टन उपदेश भन्दा धेरै हो ।
- गौरव लक्ष्य पाउने कोशिश गर्नेमा हुन्छ, लक्ष्यमा पुग्नका लागि होइन ।
- हामी जे गर्छौ र जे गर्न सक्छौ, यसका बिचको फरकले दुनियाको धेरै समस्याको समाधान गर्न पर्याप्त हुन्छ ।
- डराउनेले माया गर्न सक्दैन, यो त बहादुरको निशानी हो ।
- स्वास्थ्य नै असल सम्पत्ति हो, सुन र चादी होइन् ।
- तपाइँ जे गर्दै हुनुहुन्छ त्यो नगन्य होला तर तपाइँको लागि धेरै महत्वपुर्ण हुन्छ ।