मातापिताले कसरी आफ्नो बच्चासँग राम्रो संवाद स्थापित गर्न सक्छन् ?
एउटा सानो बच्चाले वयस्कको भन्दा फरक दृष्टिकोण राख्छ, उनीहरुको आश्चर्य, विस्मय, उत्साह, भोलि र सहजताले भरिपूर्ण हुन्छ । जीवनको प्रारम्भिक वर्षमा बुवाआमा र शिक्षक बच्चाहरुको संस्कृति र मानसिकताको मुख्य हिंस्सा हुन् । तर पनि बच्चा र वयस्कको दृष्टिकोणमा आधारभुत भिन्नता छ । समय बित्दै जाँदा बच्चा आफ्नो वातावरणमा धेरै भन्दा धेरै अनुकुल बनाउँदछ । उसले आफ्नो अवलोकनबाट निकालेका विचारहरु व्यक्त गर्न थाल्छ ।
गलत सांस्कृतिक धारणाको कारण बच्चाहरुलाई कसैले बुझ्दैनन र बुवाआमा निराश हुन्छन् । यदि सांस्कृतिक बिभाजन गहिरो भयो भने आमाबुवा र बच्चाहरुको सम्बन्ध घट्न थाल्छ । जसले परिवारको सदस्यहरुबीचको घनिष्टतालाई गर्दछ ।
तपाइँले आफ्नो बच्चाहरुको पारिवारिक जीवनलाई प्रभावकारी सुधार गर्न कार्यशाला लैजानुहोस् जसले प्रभावशाली तरीकाबाट सम्झाई बावुआमालाई सहयोग गर्छ । कार्यशालाले बच्चाका व्यवहारको मुल कारण पत्ता लगाई बालबालिकाको चौतर्फी विकास गर्नमा मद्दत गर्दछ । जब बालबालिकाहरु किशोर र वयस्क हुन्छन्, यी सिकाईहरुले सबै चिजहरुमा दिगो सम्बन्ध राख्न महत्वपुर्ण भुमिका खेल्छन् ।
कार्यशालाका फाइदाहरु
- तपाइँको बालबालिकालाई चिन्नलाई कार्यशालाले बावुआमालाई मद्दत गर्दछ ।
- बच्चाहरुलाई अझ राम्रोसँग बुझ्न
- बालबालिकाले किन यस्तो व्यवहार गर्छन भनेर जान्न
- बालबालिकाको लालनपालमा सहि निर्णयहरु गर्न
- बालबालिकाहरुसँग राम्रो समय बिताउन ।