धनगढी, १७ चैत : कोरोना रोकथाम र निगरानीका लागि लागि चाहिने आवश्यक स्वास्थ्य उपकरणसहितका सामग्री आज यहाँ आइपुगेको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत उक्त सामग्री आज धनगढी पुगेको प्रदेश सरकार सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए ।
आइपुगेका सामग्रीमा कोरानाका बिरामीको उपचारमा खटिने चिकित्सकले लगाउने एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिआइ, गाउन), ९६० थान मास्क, १० थान थर्मामिटर, पञ्जा र सामान्य मास्क रहेका छन् । यी सामग्री आवश्यक देखिएका जिल्लामा पठाउने व्यवस्था गर्न लागिएको छ ।रासस