काठमाडौं, १७ चैत्र । आज श्री शाके १९४१ विंसं. २०७६ साल चैत्र १८ गते मंगलबार इश्वी सन २०२० मार्च ३१ तारीख चैत्र शुक्लपक्ष सप्तमी तिथी मृगशिरा नक्षत्र सौभाग्य योग गर करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा राक्षस योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रजनहरुको साथ र सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । आफन्तजनहरु सँगको भेटघाटमा मन प्रशन्न रहनेछ । नयाँ कार्यको थालनीका निम्ति उत्तम समय रहेको छ । कार्य कुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ । अध्यनअध्यापनमा निकै राम्रो समय रहेकोछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वाणीका कारण आफन्तजनहरु रुष्ट रहनेछन । पठनपाठनमा राम्रो समय रहेको छ । भोजभतेरमा सरिक हुने अवसर प्राप्त हुनेछ । खराब संगतका कारण कार्यक्षेत्रमा साधारण अपजस आईपर्ने सम्भावना रहेको छ । अपरिचीत ब्यक्तिहरुको विश्वास गर्नाले षड्यन्त्रमा फसिएला सजग रहनुपर्ने समय रहेको छ ।
मीथुन राशि ( का, कि, कु, घ, ङ, छ, के, को, ह) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । प्रिय मित्रजनको भेटघाटले मन हर्षित रहनेछ । स्वास्थ्यमा देखापरेको गडबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । बौद्धिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका स्रोत बन्नेछन ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शारिरीक आलस्यताले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । अरुको छिटो विश्वास गर्ने बानीको कारण तपाईँलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभावको सामना गर्नुपर्नेछ । यात्रा खर्चदायक रहनसक्ने सम्भावना रहेको छ । मेहनतअनुरुपको फल प्राप्ति नहुनाले दिन निरासापुर्ण ब्यतित हुनेछ ।
सिंह राशि ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बिद्या प्राप्ति योग तथा बौद्धिक विकास हुने समय रहेकोछ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । आफुभन्दा सानोको सहयोगमा गरिएका कामहरु दिगो फाईदामुलक साबित हुनेछन ।
कन्या राशि ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादन गर्न बढि परिश्रम र समय ब्यतित हुन सक्छ । मान्यजनको साथ र सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यताले सताउने छ । कार्य सम्पादनमा भएका सामान्य त्रुटिले अपजसको सामना गनुपर्ने सम्भाबना रहेको छ ।
तुला राशि ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) दाजुभाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहनतको फल अनयासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनुपर्ला । अपरिपक्क निर्णयले तपाईलाई गलत साबित गर्न सक्नेछ । मान्यजनको अनुसरणबाट विशेष लाभ प्राप्त हुने समय रहेको छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खानपानमा बिशेष ध्यान दिनुपर्ने समय रहेको छ । सोचेकोभन्दा बढि मात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरिरहेका काम को क्षेत्रमा अपजस सहनुपर्ला । कार्य सम्पादनमा अरुको दवावको अनुभब हुन सक्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) वाक चातुर्यताको कारण नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिसँगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जीवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसिलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तपाईका शुभ चिन्तकहरुको संख्या बढ्नेछ भने शत्रुपपक्ष कमजोर हुनाले बिघ्न बाधाहरु हट्नेछन । स्वास्थ्यसम्वन्धी सामान्य असर भोग्नुपर्ला । जिद्दी स्वभावको कारण प्रतिष्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । प्रतिष्पर्धी कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) बौद्धिक ब्यक्तित्वसँगको भेटघाटले मन हर्षित तुल्याउला । सानो प्रयासले ब्यक्तित्व विकासमा निकै टेवा पूर्याउनेछ । बिद्या क्षेत्र भने अधुरो रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला । आम्दानी क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पारिवारिक साथ र सहयोगबाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परिश्रमअनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परिश्रम खर्चिनु पर्नेछ । भौतिक स्रोत तथा साधनको प्रयोगमा समय व्यतित रहला ।