Logo

स्वास्थ्य सामग्री खरिदमा आर्थिक अनियमितताबारे प्रधानमन्त्रीको चासो



काठमाडौं, चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण रोकथाम एवं उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिदमा आर्थिक अनियमितता भएको विषयमा चासो राखेका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग सामान खरिद प्रक्रिया किन विवादित भन्दै उनले सोधेका छन्।

‘यस्तो समयमा खरिद प्रक्रिया किन विवादित बनाएको, नियतले विवाद आएको हो कि साँच्चै विवाद आएको ? यो विषयमा मन्त्रालय र मन्त्रीको ध्यान किन गएको छैन ? सरकारले राम्रो काम गरेको छ भन्ने सुन्दासुन्दै खरिदमै भ्रष्टाचार भयो भनेर आउनु राम्रो कुरा भएन’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै मन्त्रिपरिषद्का एक सदस्यले भने। उनका अनुसार प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री ढकाललाई राम्रोसँग काम गर्न निर्देशन पनि दिएका छन्। चीनबाट खरिद गरी ल्याइएका स्वास्थ्य सामग्रीमा आर्थिक अनियमितता भएको चर्चा चलेको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निश्चित व्यवसायीसँगको मिलेमतोमा प्रचलितभन्दा चर्को मूल्य तिरेर आर्थिक अनियमितता गरेको आरोप लागेको छ।स्वास्थ्यमन्त्री ढकालले निश्चित व्यवसायीसँगको मिलेमतोमा प्रचलितभन्दा चर्को मूल्य तिरेर आर्थिक अनियमितता गरेको आरोप लागेको छ।

रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले सरकारले निश्चित व्यवसायीसँगको सेटिङमा चर्को मूल्य तिरेर मेडिकल सामग्री खरिद गरेको बताए। स्वास्थ्य मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग करिब एक अर्ब २५ करोड रुपैयाँको मेडिकल सामग्री बिनाप्रतिस्पर्धा खरिद गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्