Logo

एक वर्षभन्दा कम कैद तोकिएका १६९ कैदी कारागार मुक्त



काठमाडौँ, १८ चैत । कोरोनाको सङ्क्रमण विश्वभरि फैलन थालेसँगै सर्वोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १६९ कैदी कारागार मुक्त भएका छन् ।

सर्वोच्च अदालतले गत ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो । अरु कैदीबन्दी नियमित रुपमा कैद भुक्तानीपछि छुट्ने भए पनि यी १६९ जना भने अदालतको आदेशानुसार छुटेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

विभिन्न जिल्लामा रहेका आठ बाल सुधार गृहबाट ११९ बालबालिका छुटेका छन् । अरु कारागारबाट आइतबारसम्ममा ५९ जना छुटे । कतिपयले एक वर्ष कैद भुक्तानी बाँकी कैदीलाई कारागार मुक्त गर्ने भन्ने रुपमा बुझेको विभागका महानिर्देशक प्रदीपराज कर्णेलले बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्