चैत १८, काठमाण्डौ । विश्वभर कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या करिब ३८ हजार पुगेको छ । अहिलेसम्म कूल मृतकको संख्या ३७ हजार ८ सय २० पुगेको हो । विश्वका २ सय देशमा फैलिएको कोरोना भाइरसले इटलीमा मात्रै ११ हजार ५ सय ९१ जनाको ज्यान लिएको छ ।
युरोप र अमेरिकामा कोरोना संक्रमण तीव्ररुपमा फैलिनेक्रम नरोकिएपछि मृत्यु दर पनि तीव्र भएको हो । हालसम्म करिब ७ लाख ८५ हजारमा संक्रमण देखिएको छ भने एक लाख ६५ हजार भन्दा बढी उपचारपछि घर फर्किसकेका छन् ।
स्पेनमा ७ हजार ७ सय १६ जनाले ज्यान गुमाएका छन् । संक्रमण तीब्र गतिमा फैलिएको अमेरिकामा संक्रमितको संख्या १ लाख ६४ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ३ हजार १ सय ६७ पुगेको छ । फ्रान्समा पनि तीब्र गतिमा फैलिएको कोरोनाले ३ हजारभन्दा बढिको ज्यान लिइसकेको छ । इरानमा २ हजार ७ सयभन्दा बढिले ज्यान गुमाउँदा बेलायतका १ हजार ४ सय भन्दा बढि नागरिकको मृत्यु भएको छ ।
जर्मनीमा ६ सय ४५ जनाको ज्यान गएको छ । यस्तै, नेदरल्याण्डमा ८ सय ६४ र बेल्जियमा ५ सय जनाको मृत्यु भएको छ ।