Logo

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो



एजेन्सी, १८ चैत्र । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ पुगेको छ । मंगलबार आएको पछिल्लो तथ्यांक अनुसार मृतक संख्या बढेको हो ।

भारतमा १२ सय ५२ जना संक्रमित भेटिइसकेका छन् । संक्रमित मध्ये धेरैजसो दिल्ली र महाराष्ट्रका छन् । दिल्लीको दिलसाद गार्डेन, निजामुद्दीन, नोयडाका अलावा मेरट, भिलवारा, अहमदावाद, करारगड, पथानाथिट्टा, मुम्बई र पुनेमा बढी देखिएका हुन् । ती क्षेत्रमा भारत सरकारले विशेष ध्यान दिएर लकडाउन कडा बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot