Logo

विश्वका अधिकांश नेता निवासभित्रै, चिनियाँ राष्ट्रपति सि देश दौडाहामा



एजेन्सी, १८ चैत्र । अहिले विश्वको आधा भन्दा बढी भू-भाग लकडाउन छ । आधाभन्दा बढी जनसंख्या घरभित्रै छन् । कोरोना भाइरसको रोकथामका लागि विश्वका अधिकांश देशले यो उपाय अपनाएका हुन् । तर, कोरोना भाइरस शुरुमा देखिएको चीन भने तंग्रिदैछ ।

चीनको वुआन प्रान्तमा चिनियाँ राष्ट्रपति सी चिनपिङले भ्रमण गरिसकेका छन् । उनी विस्तारै बाहिरी जीवनमा सक्रिय हुनथालेका छन् । तर, चिनियाँ राष्ट्रपति देश दौडाहामा देखिंदा विश्वका अधिकांश देशका नेताहरु खासै बाहिर निस्किएका छैनन् । उनीहरुले सामाजिक दूरी कायम राखेका छन् । तर, चिनफिङ भने टिमसहित देशभित्रको भ्रमणमा निस्किए ।

उनी पूर्वी चीनको झेजियाङ प्रान्तको हाङजु पुगे । त्यहाँको राष्ट्रिय निकुञ्ज अवलोकन गरे । प्रायः पानी परिरहने उक्त स्थानमा उनी छाता ओढेर टोलीसँगै घुमेको दृश्य सार्वजनिक भएको छ ।

Photo Source: Xinhua



प्रतिक्रिया दिनुहोस्