Logo

२४ घण्टामा ३८ हजार नयाँ संक्रमित, मृतकको संख्या ४० हजार नाघ्यो



चैत १८, काठमाण्डौ । विश्वभर कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनबाट मृत्यु हुने र संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा ३८ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा मात्रै १० हजारभन्दा धेरै जना नयाँ संक्रमित भेटिएका हुन् ।

अहिलेसम्म कूल संक्रमितको संख्या ८ लाख २३ हजार २ सय पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या ४० हजार ६ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा इटलीमा मृत्यु हुनेको संख्या ८ सय ३७ हुँदा कूल मृतकको संख्या १२ हजार ४ सय २८ पुगेको छ । त्यहाँ कुल संक्रमितको संख्या १ लाख ५ हजार नाघेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा मृत्यु भने ३ हजार ४ सय २ पुगेको छ । तीब्र गतिमा फैलिरहेको स्पेनमा मृतकको संख्या ८ हजार २ सय ६९ पुगेको छ भने संक्रमितको संख्या ९४ हजार ४ सय नाघेको छ ।

त्यसैगरी फ्रान्समा मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ भने इरानमा २ हजार ८ सय ९८ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको उद्गमस्थल चिनमा पनि पछिल्लो २४ घण्टामा ५ जनाको मृत्य भएको छ । त्यहाँ अहिलेसम्म कूल ३ हजार ३ सय ५ जनाको ज्यान गएको छ भने ८१ हजार ५ सय १८ जना संक्रमित छन् । नियन्त्रणमा आएको भनिए पनि चिनमा पछिल्लो एक दिनमा ७९ जना नयाँ संक्रमित फेला परेका छन् ।

बेलायतमा अहिलेसम्म १ हजार ७ सय ८९ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या २५ हजार नाघेको छ । त्यसैगरी नेदरल्याण्डमा पनि मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । त्यहाँ एक हजार ३९ जनाको मृत्यु भएको हो ।

कुन देशमा कतिको मृत्यु भयो ?
जर्मनी–६८२
स्विजरल्याण्ड–३५९
बेल्जियम–७०५
टर्की–१६८
अस्ट्रिया–१२८
दक्षिण कोरिया–१६२
क्यानडा–९२
पोर्चुगल–१६०
इजरालय–१७
ब्राजिल–१६८
नर्वे –३६
अष्ट्रेलिया–१९
स्विडेन–१८०
आयरल्याण्ड–५४
डेनमार्क–९०
मलेसिया–४३
चिली–१२
रसिया–१७
रोमानिया–७८
पोल्याण्ड–३२
लक्जेम्बर्ग–२३
फिलिपिन्स –८८
इक्वेडर–६२
जापान–५६
पाकिस्तान–२६
थाइल्याण्ड–१०
इन्डोनेसिया–१३६
भारत–३२
(मंगलबार राति १०ः१५ बजेसम्म)

सम्पूर्ण विवरणका लागि यहाँ क्लि गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्