Logo

स्वास्थ्य मन्त्रालयको हटलाइन निजी कम्पनीको नियन्त्रणमा



काठमाडौं, चैत १९ । कोरोना भाइरसको विषयमा जानकारी दिने उद्देश्यले स्वास्थ्य मन्त्रालय मातहतको महामारी तथा रोेग नियन्त्रण महाशाखाले सञ्चालन गरेको कल सेन्टरको हटलाइन नम्बर निजी कम्पनीको नियन्त्रणमा रहेको पाइएको छ। स्वास्थ्य सेवा विभागको महामारी तथा रोग नियन्त्रण महाशाखा ९इडिसिडी०का लागि स्थापना गरेको कल सेन्टरको हटलाइन नम्बर १११५ कमिसनका लागि ललितपुर जावलाखेलको कलश सर्भिस प्रालिलाई चलाउन दिएको खुल्न आएको हो।

मन्त्रालय वा रोग नियन्त्रण महाशाखा आफैले कलसेन्टर सञ्चालन गर्नसक्ने भए पनि कमिसनको चक्करमा निजी कम्पनीलाई दिएको विभागका एक अधिकारीले जानकारी दिए। ‘आफैले सञ्चालन गर्दा कमिसन आउँदैन बाहिर दिएपछि कर्मचारीसहितका विभिन्न पक्षलाई नियमित रूपमा कमिसन आउनेछ,’ ती अधिकारीले भने, ‘त्यसैले मिलेमतोमा कल सेन्टर निजी कम्पनीलाई दिएको हो।’

मन्त्रालय र विभागको पहलमा अहिले १११५ र ११३३ दुईवटा कलसेन्टर सञ्चालन गर्दै आएको छ। सरकारले कोभिड–१९ रोगको विषयमा जानकारी दिने उद्देश्यले स्थापना गरेको कल सेन्टरको हटलाइन भनेर १११५ नम्बरलाई केही समयअघि सार्वजनिक गरेको थियो। तर हटलाइनमा काम गर्न कलशले खटाएका अधिकांश कर्मचारी मेडिकल क्षेत्रका नभएकाले जानकारी लिने मान्छेले सही जानकारी पाउन सकिरहेका छैनन्।

हटलाइनमा आपतकालीन अवस्थाका व्यक्तिले कल गरेको अवस्थामा त्यहाँ कार्यरत कर्मचारीले उचित जवाफ दिन नसकेको र इडिसिडीमा सोधेर मात्र जवाफ दिँदा त्यसको औचित्य नरहेको विभागका ती अधिकारीको भनाइ छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्