एजेन्सी, १९ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या साँढ आठ लाख नाघेको छ । मृतकको संख्या अघिल्लो दिनको तुलनामा ४ हजारले वृद्धि भएको छ ।
पछिल्लो तथ्यांक अनुसार मृतक संख्या ४२ हजार १ सय ५८ पुगेको छ । मर्नेको संख्यामा वृद्धि हुनुलाई गम्भीरताका साथ लिइएको छ ।
संक्रमितमध्ये हालसम्म १ लाख ७८ हजार १ सय जना निको भई फर्किएका छन् । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ८ लाख ५८ हजार ८ सय ९२ छ ।
विश्वका सबैजसो देशमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । यसले अमेरिका र युरोपमा महामारीको रुप लिइसकेको छ । त्यहाँ दिनप्रतिदिन मृतक र संक्रमितको संख्या बढिरहेको छ ।
सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् । सबैभन्दा बढी इटालीमा कोरोनाको कारण मानिसको मृत्यु भएको तथ्यांक छ । त्यहाँ १२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
चीनमा पहिलोपटक पत्ता लागेको कोरोना भाइरस अहिले अमेरिका र युरोपमा फैलिइरहेको छ ।
देश संक्रमित
अमेरिका १८८५७८
इटाली १०५७९२
स्पेन ९५९२३
चीन ८१५१८
जर्मनी ७१८०८
फ्रान्स ५२१२८
इरान ४४६०५
बेलायत २५१५०
स्वीटजरल्यान्ड १६६०५
टर्की १३५३१
स्रोतः वोल्डोमिटर