Logo

मुटु रोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा, सचेत हुन जरुरी : डा.भट्टराई (भिडियोसहित)



काठमाडौँ १९ चैत :वरिष्ठ मुटुरोग विशेषज्ञ तथा त्रिवि शिक्षण अस्पतालका सह-प्राध्यापक डा. अनिल भट्टराईले मुटु रोगीहरु भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएका छन् । भाइरसको संक्रमणबाट जोगिन मुटुरोगीहरु सबैभन्दा बढी सचेत हुनुपर्नेमा उनको जोड थियो ।

विश्वव्यापी तथ्यांक अनुसार कोरोना भाइरसले ६०-७० वर्षभन्दा बढी उमेर मानिसहरु बढी संक्रमित भएको देखिने गरेको छ । त्यसमा पनि दीर्घ रोगीहरुको धेरै मृत्यु भएको डा. भट्टराईले भिडियोमार्फत बताएका छन् ।

डा. भट्टराईले भने, ‘मुटुका रोगीहरु सबैभन्दा बढी सचेत हुनुपर्छ किनकी कोरोना भाइरस संक्रमित मुटुका रोगीहरुको मृत्युदर १० प्रतिशत रहेको छ’ । यो रोग आफै नआउने भएकाले बाहिर नगइकन घरमै बस्ने र अरुसँग सम्पर्कमा नआउने हो भने जोगिन सकिन्छ, आत्तिनु पर्दैन।’

पछिल्लो समयमा मृत्यु हुनेको संख्या बढेपनि संक्रमण दर घट्दै गएकाले डा भट्टराईले जति धेरै अनुशासित भएर घरमा बस्यो त्यति नै यसको खतरा कम हुने बिषय औल्याए । कोरोनाबिरुद्धको लडाईमा एकजुट भएर अगाडी बढ्न आवस्यक रहेको उनको ठहर छ । लकडाउनको अवस्थामा सम्पूर्ण नागरिकलाई चिन्तारहित वातावरण सिर्जना गरी घरमै बसेर सरकारलाई सहयोग पुर्याउन उनले आग्रह गरेका छन् । Photo Source : Fcaebook Page of Dr. Anil Bhattarai

कोरोना भाइरसबाट जोगिन डा भट्टराईले जारी गरेको भिडियो सन्देश :

 



प्रतिक्रिया दिनुहोस्