Logo

कोरोना केन्द्रबिन्दु बनेको निजामुद्धिन जहाँ भएको थियो धार्मिक भेला



एजेन्सी, १८ चैत्र । भारतको दिल्लीस्थित निजामुद्धिनको मर्केज अहिले चर्चामा छ । त्यहाँ मार्च महिनाको मध्यतिर एउटा धार्मिक भेला भएको थियो । तब्लिगी जमत भेलामा सहभागी भएकाहरुमै कोरोना भाइरसको संक्रमण देखिनथालेको छ । भारतभित्र र बाहिरका मुसलमान समुदायको भेलामा चार हजार सहभागी थिए । भेलामा सहभागी भएकामध्ये दिल्लीमा मात्र १८ जना र तालिमनाडुमा ५० जना संक्रमित भेटिए । उनीहरु सबै भेलामा सहभागी थिए । तामिलनाडुमा ५ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले आज ट्वीट गरी निजामुद्धिन मर्कज क्षेत्रमा आज विहान २ हजार ३ सय ६१ मानिसलाई निकालिएको छ । जसमध्ये ६१७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

अहिले भेलामा सहभागी चार हजार मानिसहरुको खोजी भइरहेको छ । ३६ घन्टा लगाएर निजामुद्धिनको मर्केज खाली गरिसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कतिपय सहभागीका परिवारका सदस्य पनि संक्रमित भएको अधिकारीहरुको भनाई उदृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।

निजामुद्धिन मर्कज मस्जिद तब्लिगी नेटवर्कको केन्द्र हो । त्यहाँ विश्वभरका मुसलमान समुदायको भ्रमण भइरहन्छ । यसपटक भएको भेलामा पनि विदेशीहरु पुगेको रेकर्ड छ । भारत सरकारले निजामुद्धिनको तबलिगीका सेवकहरुलाई ट्रयाक गरेको खुलेको छ ।

नेपाललगायत, इन्डोनेशिया, मलेशिया, थाइल्यान्ड, म्यानमार, बँगलादेश, श्रीलंका र किर्गिजस्तानका मुसलमान समुदाय तवलिगी जमातको सेवाका लागि पुग्ने गर्छन् । उनीहरुले हजरत मुजाहिद्धिनीको बंग्लेवाली मस्जिदमा जानकारी गराउँछन् ।



प्रतिक्रिया दिनुहोस्