Logo

कोरोना संक्रमित धनगढीका युवकको सम्पर्कमा आएका १२ जनाको नमूना संकलन



काठमाडौं, १९ चैत्र । दुबईबाट आएका धनगढीका युवक अहिले सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । उनी संक्रमित भएपछि सम्पर्कमा आएकाहरुको परीक्षणका लागि नमूना लिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले युवकको सम्पर्कका आएका परिवार, आफन्त र अन्य व्यक्तिको नमूना लिई परीक्षणका लागि पठाइएको बताए । उनले भने, धनगढीका संक्रमितको सम्पर्कमा आएकामध्ये हालसम्म १२ जनाको नमूना संकलन गरी पठाइएको छ ।

गत शनिबार संक्रमित पत्ता लागेका धनगढीका ती युवक दुबईबाट दिल्ली हुँदै काठमाडौं आएका थिए । काठमाडौंमा मामाघर एक रात बसी नेपालगञ्जमा प्लेनबाट र धनगढीमा बसबाट घर पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्