सारकाँइडोसिस एक प्रकारको रोग हो । यस्ले शरीरको केहि अंगलाई असर गर्न सक्छ । यसमा छाती, लसिका ग्रन्थी, आँखा वा छालालाई सुनिएर गाँठो बन्छ । यहि गाठोको असर भएको ठाउँमा सामान्य आकारमा परिर्वतन हुने गर्छ ।
लक्षण
यसको लक्षण शरीरको प्रभावित भागको अमधमरमा फरक फरक हुन्छ । यो रोगबाट पिडित धेरै मानिसहरुको सुख्खा खोकी, थकान, सास लिन गाह्रो हुने जस्ता समस्या हुन्छ ।यसको साथै छाला रातो भई दुख्ने र चिलाउने हुन्छ । आँखा धमिलो देख्ने, आँखामा पोल्ने, आँखाबाट पानी आउने, बेस्सरी दुख्ने, गला, बगल, वा जाघ र पेटको बीच भागमा लसिका ग्रन्थी बढी उसै भागमा दुखाई महसुस हुन्छ ।
सारकाँइडोसिस किन हुन्छ
सारकाँइडोसिस हुने निश्चित कारण पत्ता लागेको छैन । केहि अनुसन्धानले बताएको छ कि बाहिरी वातावरण वा संक्रमणबाट प्रतिरक्षा तन्त्रमा हुने प्रतिक्रियाबाट सारकाँइडोसिस हुन्छ । यो समस्या एक पुस्ता बाट अर्को पुस्तामा सर्ने गर्छ ।
उपचार
सारकाँयडोसिसको कुनै उपचार छैन । तर कोही व्यक्तिहरुले सामान्य तरीकाको उपचार अपनाएर यो बिमारबाट मुक्ति पाईरहेका छन् । यो आफै ठिक हुन्छ । यसमा अंग सुन्निएमा भने गम्भिर हुन सक्छ यसको लागि डाक्टरले प्रतिरक्षालाई दबाउनको लागि औषधि दिन्छन् र रोगीको सुन्निएको भाग कम गर्ने प्रयास गर्छन ।