Logo

साउदी अरबमा कोरोनाको कारण १६ जनाको मृत्यु



ऐजेन्सी, चैत्र १९ । साउदी अरबमा कोरोना भाइरसबाट मुत्यु हुनेको सख्या १६ पुगेको छ । आजसम्म १७ सय २० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । साउदीमा दैनिक ११० जना भाइरसको संक्रमणबाट प्रभावित भएका छन् भने भाइरसको संक्रमणमा परेको २ सय ६४ जना मानिस उपचार पछि सकुसल घर फर्केका छन् र १४ सय ४० जना भाइरस संक्रमित मानिसहरुकोे उपचार भइरहेको छ ।

साउदीमा संक्रमित मध्ये केही मानिसहरुको अवस्था भने गम्भिर रहेको छ । साउदीमा भएका कोही नेपालीहरु भाइरस संक्रमित भएका छैनन् । कोरोना भाइरसबाट विश्वभर ४५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्