Logo

सम्झौता रद्द गरेर सरकार उम्कन पाउँदैन- काँग्रेस केन्द्रीय सदस्य भुषाल



काठमाडौं, १९ चैत्र । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुषालले देश महामारीमा परिरहँदा गुणस्तरहीन सामान ल्याएर देश र जनतामाथी खेलवाड भएको प्रमाणित भएकाले जिम्मेवार अधिकारीहरु कोही पनि उम्कन नपाउने बताएकी छिन् । उनले घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताइन् ।

‘टेन्डर गरी ल्याइएको स्वास्थ्य सामाग्री गुणस्तरहीन भएको पुष्टि भयो, भुषाले रिपोर्टर्स नेपालसँग भनिन्,’सरकार र स्वास्थ्य मन्त्रालय जिम्मेवारबाट मुक्त हुनपाउँदैन, कानुनबमोजिम दोषीमाथि कारबाही हुनुपर्छ ।’ सम्झौता रद्द गरेर कोही उम्कन नमिल्ने भन्दै संकटका बेलामा देश र जनतामाथि घात गरिन्छ भने पर्खने र चुप लाग्ने भन्ने नहुने बताइन् ।

सरकारले आइतबार चीनबाट टेन्डर गरी स्वास्थ्य सामाग्री ल्याउन थालिरहँदा टेन्डर पाएको कम्पनिले सामान समयमै ल्याउन नसकेको भन्दै रद्ध गरेपछि काँग्रेस केन्द्रीय सदस्य समेत रहेकी कानुनकी जानकार भुषालको भनाई आएको हो । उनले सरकारको पछिल्लो भनाई दोभाषे भएको तर्क गरिन् ।

एकातर्फ सामाग्री गुणस्तरहीन भएको पुष्टि हुनु र विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्नु भनेको सामान भित्राउनु गम्भीर विषय भएको बताइन् । सिंगो देश महामारीको संकटमा जुधिरहँदा र सरकारले खडा गरेको कोषमा धमाधम रकम जम्मा भइरहँदा लापरबाही र अनियमित क्रियाकलाप हुनु ठिक नभएको बताइन् । संकटको बेलामा गलत कार्य सह्य नहुने स्पष्ट पारिन् ।



प्रतिक्रिया दिनुहोस्