वीरगन्ज, चैत २० । नयाँ वर्ष २०२० को पहिलो दिनदेखि भारतको दिल्लीसमेत विभिन्न राज्यको भ्रमण गरेको‘तबलिगजमात मकरज’भनिएको एउटा धार्मिक जत्थामाकम्तीमा १२ नेपाली सहभागी भएको पुष्टि भएको छ। सो जमातमा सहभागी केही भारतीयमा कोरोना संक्रमण भेटिएपछि भारतमा उच्च सतर्कता अपनाइएको छ। तर नेपालमा भने कुनै पहल नहुँदा संक्रमण फैलिने जोखिम बढेको छ।
उक्त जत्था भारतको उत्तराखण्ड प्रदेशको रुढकीमा पुगेपछि फेब्रुअरी पहिलो सातानेपाली टोली मिसिएको थियो। भारतको ‘अभिसूचनामुख्यालय’ले त्यहाँका सम्बन्धित सबै जिल्लाकाप्रमुखर प्रहरी प्रमुखलाई जारी गरेको ४८ पृष्ठ लामो परिपत्रबाट यसको खुलासा भएको हो।
पत्रमा भनिएअनुसार फ्रब्रुअरी २ मा वीरगन्जसँग सीमा जोडिएको भारतीय सहर रक्सोलबाट ‘तबलिगजमात मकरज’मा सामेल हुन १७जनाको टोली हिँडेको थियो। उनीहरु उत्तरप्रदेशको मुरादाबादहुँदै गएका थिए,जसमाकम्तीमा १२ जना नेपालकामुस्लिम थिए। नेपालबाट गएकाहरुको ठेगाना चितवनको बकुलहर तथाटाँडी जनाइएको छर तहसिलभनेर वीरगन्जखुलाइएको छ।
भारत सरकारको रिपोर्टअनुसार ‘तबलिगजमात मकरज’मा हिँडेका व्यक्तिमा कोरोना भाइरस ९कोभिड–१९०संक्रमण भएर रोग समुदायमा फैलिने खतरा छ ।रिपोर्टअनुसार ‘तबलिगजमात मकरज’मा हिँडेका व्यक्तिमा कोरोना भाइरस ९कोभिड–१९०संक्रमण भएर रोग समुदायमा फैलिने खतरा छ।
यसै कारण सो जत्थामा सामेल सबैलाई कोरोना जाँचको दिशामा कारबाही बढाउन भारतकाजिल्लाअधिकारी र प्रहरीप्रमुखलाई सो पत्रमार्फत निर्देशन दिइएको छ। नेपालबाट सहभागी भएकाहरुको अवस्था र उनीहरुमा संक्रमण भएनभएको कसरी निधो हुने, टुंगो छैन। उनीहरुलाई खोजी गरी स्वास्थ्य परीक्षण गराउने दिशातिर पनिकदमचालिएको देखिँदैन।नागरिक दैनिकबाट