Logo

नेताका घर र पार्टी कार्यालय सुनसान



काठमाडौं, २० चैत । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास बढेसँगै राजनीतिक दलका नेताको समय घरमै बित्ने गरेको छ । दलका शीर्ष नेताले सामाजिक सञ्जालको माध्यमबाट जनतालाई सुरक्षित रहन आह्वान गरिरहेका छन् ।

कोभिड–१९ को सम्भावित संक्रमणको जोखिमका कारण मुलुकमा लकडाउन भएपछि नेताहरूले आन्तरिक भेटघाटसमेत गर्न छाडेका छन् । पार्टी कार्यालयमा हरेक दिनजसो भीडभाड हुने गरेका प्रमुख दलका कार्यालयसमेत सुनसान बनेको छ । दलका नेताले आवश्यक छलफल र परामर्शलाई टेलिफोनमा मात्रै सीमित गरेका छन् । दलका शीर्ष नेताकहाँ अत्यावश्यक कामले भेटघाट गर्न पुग्नेहरूले पनि आफ्नो निवासमा प्रवेश गर्दा साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग अनिवार्य गर्नुपरेको छ ।

‘विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प हो । तर, सरकारको लकडाउनले दैनिक ज्यालादारी र न्यून आय भएकाको दैनिक गुजारा चलाउने प्रबन्ध पनि गर्न आवश्यक छ । (राजधानी दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्