Logo

नौ बजे नौ मिनेट वत्ती निभाउन मोदीको अपिल



एजेन्सी, २१ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ ९ बजे ९ मिनेट देशभर वत्ती निभाउन आव्हान गरेका छन् । कोरोना भाइरससँग जुधिरहेको भारतमा लकडाउन जारी रहँदा मोदीले देशवासीका नाममा सम्बोधन गर्दै अहिलेको संघर्षमा सबै एक भएको देखाउन भन्दै वत्ती निभाउन आव्हान गरेका हुन् ।

मादीले वत्ती निभाएर ढोका वा बादर्लीमा टुकी बाल्न समेत आग्रह गरेका छन् । उनले भने, ‘यो लडाईंमा तपाईंहरु एक्लो हुनुहुन्न, कोही पनि कोरोना भाइरविरुद्धको लडाईंमा एक्लो छैन । टुकीवत्तीले हामी सबै एक भएर लडाईं लडिरहेको देखाउनेछ ।’ उनले मैनवत्ती, टुकी या मोबाइलको वत्ती बार्दली या ढोकामा बाल्न आग्रह गरे । मोदीले पटक पटक कोही एक्लो नभएको र १३० करोड भारतीय एकजुट भएर संघर्षमा रहेको बताए ।

२० मिनेटको सम्बोधनमा मोदीले भारतवासीलाई २१ दिनको लकडाउनमा देखाइरहेको साथ र सहयोगका लागि धन्यवाद व्यक्त गरे । भारतवासीले विश्वलाई नै उदाहरण प्रस्तुत गरेको भन्दै धन्यवाद दिए ।



प्रतिक्रिया दिनुहोस्