Logo

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार भन्दा बढी



एजेन्सी, २१ चैत । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार तीन सय ४८ पुगेको छ । भाइरसको संक्रमणबाट स्पेनमा एक लाख १२ हजार ६५ मानिस प्रभावित भएका छन् । उक्त भाइरसको संक्रमणबाट २६ हजार सात सय ४३ जना मानिस उपचारपछि सकुसल घर फर्केका छन् ।

भाइरसको चपेटमा इटली, अमेरिका, स्पेन, जर्मनी जस्ता शक्तिशाली देशहरु परेको छ । विश्वभर भाइरसबाट मृत्यु हुनेको संख्या ५३ दुई सय ४९ पुगेको छ ।१० लाख भन्दा बढी मानिसहरु भाइरसको प्रभाव भोगिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्