काठमाडौं, २१ चैत्र । डा. शेरबहादुर पुन टेकुस्थित शुक्रराज ट्रपिककल तथा सरुवा रोग अस्पतालमा कार्यरत छन् । उनको सक्रियता निकै बढेको छ । कोरोना भाइरसको रोकथामका लागि बोल्दै पनि आएका उनले रोग लाग्ने वित्तिकै मान्छे मरिहाल्ने भन्ने नहुने बताएका हुन् । डा. पुनसँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीः
पछिल्लो समय नेपालमा संक्रमितको संख्या कसरी बढिरहेको छ ?
संक्रमितको संख्यामा हिजोको पत्रकार सम्मेलनको जानकारीमा एकजना थपियो भन्ने छ । त्यो पनि सामान्य पहिलोको केसहरु जस्तै छुट्टै क्वारेनटाइनमा बसेको भन्ने सुनेको छु । यदि गाउँमा घुलमिल र समाजमा दुरी कायम गरिएको छ भने त्यस्तो आत्तिहाल्नुपर्ने अवस्था होइन । तर, यो लकडाउनले गर्दा यिनै केसबाट जसरी फैलिने सम्भावना थियो त्यो चाहिं कम हुँदै जान्छ ।
यी तिनैजना संक्रमित एउटै प्लाइटबाट आएका थिए, त्यसमा आएका अरु अभैm पत्ता लागेका छैनन् त्यसले समस्या त जटिलतातिर गइरहेको छ नि ?
उनीहरुलाई खोजी भइरहेको छ । अहिलेसम्म पत्ता लागेका छैनन् । उनीहरुको खोजी गर्नुपर्छ भनेर मैंले धेरैपटक भन्ने पनि गरेको छु । पहिलादेखि कुनै पनि व्यक्ति कोरोना संक्रमित देशबाट आएको हो र ऊ स्वास्थ नै छ भने पनि उसलाई निगरानीमा राख्नुपर्छ हाम्रो लक्षित वर्ग भनेकै त्यही हो भनेर मैले पहिलादेखि भन्दै आएको हुँ । यो रोग नेपालमा उब्जिएको होइन, विदेशमा उब्जिएको हो । र, ल्याउँदा पनि विदेशबाट आउनेहरुले ल्याएका हुन् । त्यसकारण पनि हामीले विदेशबाट आउनेलाई पहिलादेखि नै कडाइ गर्ने दायरा बढाउनुपथ्र्यो । जहाँसम्म सिंगापुरको कुरा छ, उनीहरुलाई क्वारेन्टाइनमै राख्नुपर्छ । नेपालमा पनि बाहिरबाट आउनेलाई चाहिं चेकजाँच गर्दा कडा गर्ने नियम राखिराख्न पाए हुन्थ्यो भन्ने हो ।
निजी अस्पतालले उपचार गर्न पनि चाहेनन् र एम्बुलेन्स पनि दिएनन् किन यस्तो भइराखेको छ ?
म त धेरैजसो काममै व्यस्त हुन्छ । मैंले जति पनि मेरो समकक्षीहरुसँग कुरा गर्दा । अहिले मान्छेको दिमागमा यस्तो शंकाले जरा गाडिसके कि अलिकति खोक्नेबित्तिकै, रुघा लाग्नेबित्तिकै र ज्वरो आउनेबित्तिकै पनि कोरोना नै हो कि भन्ने एक प्रकारको त्रास सबैमा छ । यसको मारमा पहिला त चिकित्सक नै पर्ने भयो । डाक्टर भएपनि नर्स भएपनि डर सबै मानवमा हुन्छ । डाक्टर संक्रमित भयो भने त अरु धेरै मान्छे झन् संक्रमित हुने भए । त्यो अहिले विश्वको अभ्यासले नै देखाएको छ । हाम्रोमा त यस्तो अवस्था छैन ।
तपाईंकोमा छैन, अरुले त मानेनन् नि बाग्लुङमा पनि विरामीलाई एम्बुलेन्सले अस्पताल लान मानेन ?
हो, यस्तो समस्या छ । त्यसैले कोही सिपाही लडाईँ लड्न जान्छ भने उसलाई हतियार दिएर पठाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
तपाईंहरुले स्वास्थ्य सामाग्री हतियार पाउनुभएको छैन ?
मैंले त पाएको छु । तर, मेरा समकक्षीहरुको कुरा गर्दैछु । त्यो ठाउँ सुरक्षित छैन भन्ने भयो भने जो कोहीलाई पनि विरामी हेर्न डर हुन्छ । अर्को यदि म नै संक्रमित छु तर मेरो धर्म हो भनेर जबर्जस्ती अरुलाई उपचारको नाममा सार्नु झन् दुर्भाग्यपूर्ण हुन्छ । त्यसले सबै चिकित्सकहरुलाई सुरक्षा कवजहरु पु¥याउन सकेको खण्डमा त्यो समस्या आउँछ जस्तो लाग्दैन ।
कोरोना रोकथामको लागि सरकारले प्रभावकारी भूमिका खेलेको छ कि अझै जटिलताहरु छन् ?
समस्या, जटिलहरु त छैन भनेर मैंले भन्न सक्दिँन । यो कुरा सबैलाई जगजाहेर नै छ । सरकारले अरु केही नसेकपनि जति स्वास्थ्यसंस्थाहरु छन् ती ठाउँमा स्वास्थ्य कमवज चाहीं पु¥याउँनै पर्छ । त्यो गर्न सकियो भने कम्पनीमा स्वास्थ्यकर्मीहरुमा एकप्रकारको उत्साह पनि बढ्छ । किन सबैजना गर्न तयार छ तर आपूm पनि सुरक्षित हुनुप¥यो नि । चिकित्सक सुरक्षित हुन किन महत्वपूर्ण कुरा हो भने त्यहाँ अरु विरामीहरु आउने ठाउँ हो । त्यसैले पनि चिकित्सकहरु सुरक्षित हुन जरुरी छ । अरुबाटै संक्रमित भएको विश्वका धेरै अनुभवहरु छन् । त्यसैले यस्ता कुरालाई नजअन्दाज नगरौं । अहिले समुदायमा यत्रतत्र छरिएको प्रमाण त छैन । तर, पनि जुन बीचबीचमा घुसिरहेका छन् । तिनले समस्या पार्न सक्छन् । कुनै ठाउँमा लुकिछिपी बसेका छन् कि भन्ने हरेक क्षेत्रमा हामीले सोच्नुपनि पर्छ । जो–जो विदेशबाट आउनुभएको छ, उहाँमा सम्भावना रहीरह्यो नि ।
सबै स्वास्थ्यकर्मीले सुरक्षा कवज चाहीं पाउनै पर्छ होइन ?
त्यो त अनिवार्य रुपमा पाउनै पर्छ । यसका दुईवटा पाटा छन् । एउटा उसलाई काम गर्ने उत्साह पनि जाग्ने भयो । अर्को यदि कोही संक्रमित आइहाले भने सुरक्षित पनि हुने भए । भोलि कुनै नीतिनिर्माता नै मलाई केही भएको छ कि भनेर चेक गर्न पाउनुपर्ला उसलाई पनि त्यहींबाट सर्न सक्छ । रोगले ठूलो, सानो भन्दैन । त्यसकारण यहाँ म चाहीं बँच्छु भनेर कसैले नसोचे हुन्छ । जतिसुकै ठूलो मान्छे भएपनि सबैको उपचार गर्ने ठाउँ त्यही हो । त्यसैले हामीले उत्तिकै चनाखो रहनुपर्छ । चिकित्सक नै संक्रमित भयो भने अन्त्यमा जो पनि चिकित्सककोमा जाने हो । त्यसैले चिकित्सकलाई आवश्यक सामाग्रीमा कन्जुस्याईँ नगरौं । तुरुन्त उपलब्ध गराइहालौं । मैंले अझ चिकित्सकहरुको काम आत्मबल र क्षमता बढाइदिनुस् पनि भनेको छु । अहिले अझ डाक्टरहरुले त्यस्तो ठाउँमा काम गछन् भने पनि मानिसहरुले अर्कै दृष्टिले हेर्ने गरेको पनि पाइन्छ । त्यस्तो खालको व्यवहार भयो भने कसरी उनीहरुले उपचार गर्छन् । डाक्टरको लागि मात्रै होइन जँचाउन आउनेलाई पनि यो डाक्टरले सबै सामान प्रयोग गरेर बसेको छ है, भनेर ढुक्क भएर आउने वातावरण बनाउन सक्नुपर्छ । यहाँ मैले डाक्टरको लागि मात्रै भनेको होइन । सबै स्वास्थ्यकर्मीहरुलाई सुरक्षा कवज हुनुपर्छ ।
अहिलेसम्म अस्पतालमा भर्ना संक्रमितको अवस्था कस्तो छ ?
बाहिरकाको म केही भन्न सक्दिनँ । हामीहरुकोमा दुईजना हुनुहुन्छ । उहाँहरुको राम्रो तरिकाले उपचार भइराखेको छ । त्यहाँबाट जुनखालको जुन जटिलताहरु देखिने गरेको छ, त्यो अवस्था छैन । त्यसले गर्दा उहाँहरु ठीकै हुनुहुन्छ । राम्रो पक्ष चाहीं के हो भने कोरोना लाग्नेबित्तिकै मान्छे मर्दैन भन्ने राम्रो उदाहरण उहाँहरु नै हो । अहिले सामान्य मान्छेहरुबाट के कुृरा सुनिन्छ भने, ‘संक्रमण हुनेबित्तिकै मरिने हो, त्यसैले यिनीहरुबाट टाढा रहनुपर्छ । कसैमा रोग देखियो भने टाढा–टाढा भागिहाल्नुपर्छ । यिनीहरुलाई छुनुहुँदैन’ भन्ने जुन धारणा छ, त्यो धारणालाई परिवर्तन गर्नुपर्ने हुन्छ । संक्रमित भएपनि आखिर मर्ने रहेन छ नि त । विश्वमा लाखौंको संख्यामा उपचारबाट किने भएको अवस्था छ । विदेशमा संक्रमितको संख्या बढ्यो त्यो किन भयो भने सचेतनाको दायरा बढाइएन । मृत्यु संख्यामा पनि अरु महारमारीको तुलनामा धेरै कम देखिएको छ । तर, मानिसहरुमा यस्तो त्रास देखियो कि । हाम्रोमा पनि झन्डै डेढ सय हाराहारी मान्छेहरु सामान्य रुघा, खोकी, ज्वरो जस्तो लक्षणहरु देखिएको थियो । उहाँहरुमा पनि यति ठूलो त्रास थियो कि हरेकमा यदि मलाई कोरोना लागेको हो कि त्यो हो भने मर्छु, मेरो छोराछोरी के गर्छन् अथवा म नमरे पनि मेरो छोराछोरी मर्छन् भन्ने ।
यो कोरोनाको बारेमा त यस्तोसम्म समाचार सुनेँ कि लाग्यो भनेर आत्माहत्यासम्म गरेको पनि सुन्नमा आयो । त्यसैले हामीले यसको रोकथामको सावधानी अपनाउँदा अपनाउँदै पनि यो लाग्यो भने मरिहालिन्छ भन्ने एउटा भ्रम छ । त्यसलाई पनि चिर्न जरुरी छ । त्यो भ्रम चिर्नलाई पनि यिनै संक्रमित व्यक्तिहरु उदाहरण हुनुहुन्छ । उहाँहरुलाई लागेको छ तर राम्रै हुनुहुन्छ । संक्रमितिहरु स्वास्थ्य भएर फर्केका विदेशमा पनि लाखौंको संख्या र हाम्रो पनि पहिलाको केस पनि सफल भएर जानुभएको हो । मैले यो भनिरहँदा फेरि डाक्टरले वास्ता नगर्नु भनेर नसोच्नुहोला । विदेशमा चीनमा त हो नि अमेरिका चुप लाग्ने । अमेरिकामा त होनी भनेर अर्को मुलुक चुपचाप बस्ने भएर न फैलिएको हो । पहिला नै सचेत भएको भए यस्तो अवस्था सिर्जना हुने थिएन । त्यसकारण हामीले हाम्रोतर्फबाट पनि जुन तयारी छ । त्यसलाई तीब्रता दिनुपर्छ । आवश्यकता अनुसार स्वास्थ्य क्षेत्रमा देखिएका कमीकमजोरी देखिएका छन् । त्यसलाई पनि तीब्रताका साथ अगाडि बढाउनुपर्छ ।-File Photo