Logo

प्रधानमन्त्री ओलीलाई शेखर कोइरालाको आग्रह : तत्काल सूचना विज्ञलाई बर्खास्त गर्नुहोस



काठमाडौं, २१ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सूचना विज्ञलाई तुरुन्त बर्खास्त गनुपर्ने बताएका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाले प्रधानमन्त्रीका सूचना प्रबिधि सल्लाहकार असगर अलिको लगानी रहेको सिरान टेक्नोलोजीलाई कारवाही गर्न समेत माग गरेका छन् ।

सिरान टेक्नोलोजीले काठमाडौ प्रेसको समाचार साईटबाट स्वास्थ्य सामग्री अनियमितता बारे लेखिएको समाचार न्यूज पोर्टलको एडमिनभित्र अनाधिकृत रुपमा प्रवेश गरेर हटाएको  थियो । कोइरालाले यो घटना प्रेस र अभिब्यक्ति स्बतन्त्रता हननको उच्चतम् र निकृष्ट नमूना भएको बताए । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, संसारमा कहिं र कतैपनि प्रकाशित समाचारलाई लिएर विमती हुँदैमा वेभ डेभलपरले यसरी समाचार हटाउन पाउॅदैनन्’,



प्रतिक्रिया दिनुहोस्