Logo

महामारीमा पार्टी गर्ने ९९ वर्षीय वृद्धसहित नौजनामाथि कारबाही हुने



एजेन्सी, २१ चैत्र । कोरोना भाइरसको महामारीका कारण अमेरिकाको न्युजर्सीमा धेरै व्यक्तिको जमघट निषेध गरिएको छ । तर, ९९ वर्षीय वृद्धले यसको उल्लंघन गरे । उनीसहित ९ जनाले विवाहको इन्गेजमेन्ट मनाए ।

मंगलबार लेकवुडमा उनीहरुले इन्गेजमेन्ट मनाएको भन्दै त्यहाँको प्रहरीले अभियोग दर्ता गरेको छ । पार्टी दिने जोडी समेतलाई अभियोग लगाइएको छ ।

न्युजर्सीमा २५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । त्यहाँ ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमण बढेकाले न्युजर्सीमा जमघट निषेध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्