Logo

शकुनीले यसकारण लिए कौरवसँग बदला



गान्धार देशका राजाका सय छोरा र एक छोरी थिए, छोरीको नाम गान्धारी र सबैभन्दा सानो छोराको नाम शकुनि थियो । ज्योतिषको अनुसार गान्धारीको जन्म कुन्डलीमा पहिलो पतिको मृत्यु हुने योग भएका कारण दुर्घटना टार्नका लागि उनको विवाह बाख्रासँग गरे र उक्त बाख्रा तुरुन्त म¥यो । त्यसपछि गान्धारीको दास्रो विवाह भयो ।

जब गान्धारीलाई धृतराष्ट्रको विवाहको प्रस्ताव आयो तर उक्त प्रसताव शकुनिलाई चित्त बुझेको थिएन, धृतराष्ट्र जन्मदा नै अन्धा भएकै कारण उनका भाई पाण्डुले राजपाट चलाएका थिए । अन्तत गान्धारीको विवाह धृतराष्ट्रसँग नै भयो र उनी हस्तिनापुर गईन् ।

भाग्यको खेल न हो, धृतराष्ट्र र पाण्डुलाई गान्धारीको पहिलो विवाह भएको थाहा पाएर क्रोधले गान्धारीको पिता सहित सय भाईलाई जेलमा हालीदिए ।

पाण्डु र धृतराष्ट्रले गान्धारी परिवारलाई भोकै राखेर मार्ने सोच बनाए, हरेक दिन एक मुठी अन्न मात्र दिने भन्ने सोच बनाए, तत्पश्चात सबै मरे र एक जना शकुनि मात्र बाँचे ।

शकुनिको पिता मर्नूभन्दा पहिले नै भनेका थिए, ‘म मरेपछि मेरो हड्डीबाट पासा बनाउनु, यो पासा सधै तिम्रो आज्ञा मान्नेछ, तिमि जुवामा हार्न सक्दैनौ । ’ उनले आफ्ना पिता र दाजुभाईको निधन भएको देखेका थिए त्यसैले धृतराष्ट्र प्रति गहिरो बदलाको भावना थियो ।

बोल्न र व्यवहारमा चतुर शकुनि चलाखीले जेलबाट छुटे र दुर्योधनको प्रिय मामा बने । उनले यही पासाको प्रयोग गरेर आफ्नो १०० भाईहरुको मृत्युको बदलामा दुर्योधन र उसका भाईका अलावा पाण्डवकहरुको विनाशको धेरै ठुलो योजना बनाए ।



प्रतिक्रिया दिनुहोस्