चैत २२, काठमाण्डौ । संयुक्त राष्ट्रसंघले कोराना महामारी विरुद्धको लडाईका लागि विश्वव्यापी युद्धविराममको आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वका युद्धग्रस्त देशहरुलाई सम्बोधन गर्दै कोरोना महामारीका विरुद्ध लड्नका लागि तत्काल हतियार विसाउन आग्रह गरेका हुन् ।
लिविया,सिरिया,यमन लगायतका देशहरुमा अहिले पनि युद्द चलिरहेको छ । ति देशहरुप्रति संकेत गर्दै महासचिव गुटेरेसले शुक्रबार कोरोनाका कारण थप खराब स्थिति आउँन बाँकी रहेेेको समेत बताए ।
उनले भने- कोभिड–१९ आँधीबेहरी अहिले यी सबै थिएटरहरुमा आउँदैछ ।’
अहिले विश्वभर कोरोना महामारीका कारण ज्यान गुमाउनेका संख्या ५८ हजार १ सय ४९ पुगेको छ भने संक्रमितहरुको संख्या १० लाख ८१ हजार नाघेको छ ।