Logo

युद्धपोतमा कोरोना संक्रमणपछि नौसैनिकलाई बचाउनुपर्छ भन्ने कमाण्डर हटाइएपछि भव्य बिदाई



एजेन्सी, २२ चैत्र । युद्धपोतको कमाण्डरबाट हटाइएका अमेरिकी नौसैनिकको भव्य बिदाई भएको छ । उनले अन्तिम पटक युद्धपोत चलाएर छाड्दै गर्दा तालीको गडगडाहट र तारिफको आवाज दिइएको हो । नौसैनिकमा रहेकाहरुले उनको नाम भन्दै ताली बजाएका थिए । क्याप्टेन ब्रेट क्रोजियरको भव्य बिदाई पढ्दा उनको प्रशंशामा नारा जस्तै भएको थियो ।

युद्धपोतमा कोरोना भाइरसको संक्रमणको खुलासा गर्दै नौसैनिक र कामदारको जीवन बचाउनुपर्ने भनेपछि उनलाई हटाइएको थियो । उनले युद्धको समय नभएकाले युद्धपोतमा रहेकाको जीवन बचाउनुपर्ने भनेका थिए ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि अमेरिकी युद्धपोत युएसएस थियोडोरी रुजभेल्टमा संकट आएको थियो । युद्धपोतमा तीन हजारभन्दा बढी नौसैनिक भएकोमा पाँच सयभन्दा बढी संक्रमित भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्