Logo

३०५ कैदीवन्दी छुटे



काठमाडौं, चैत २२ । कोरोना भाईरसको महामारी फैलन नदिन सरकारले सर्वोच्च अदालतको आदेश अनुसार हालसम्म तीन सय पाँच जना कैदीवन्दीलाई छाडेको छ। कारागार व्यवस्थापन विभागका अनुसार देशभरका विभिन्न कारागारबाट शुक्रबार तीन सय ५० जनाले कैद मुक्त हुन निवेदन दिएपनि सर्वोच्च अदालतको आदेशलाई टेकेर तीन सय पाँच जना छाडिएको छ।

विभागका अनुसार चैत सात गते बसेको सर्वोच्च अदालतको फूल कोर्टको आदेश अनुसार एक वर्ष वा सो भन्दा कम कैद सँजाय ठेकिएका र मुद्दाको अन्तिम टुंगो लागिसकेका कैदीवन्दीलाई मात्रै छाडिएको हो।

विभागका महानिर्देशक प्रदीपराज कणेलका अनुसार छाडिएका मध्ये एक सय ७४ जना बालसुधार गृह र बाँकी अन्यत्र कारागारका छन्। लागूऔषध दुव्र्यसनी, राजश्व छली, कुटपीट, चोरी लगायतका अपराधमा जेल परेका कैदीवन्दीमात्रै एक सय ७४ जना छुटेका छन्। हाल देशभर ७४ वटा कारागारमा स्वदेशी र विदेशी नागरिकगरी २५ हजार कैदीवन्दी रहेको विभागले जनाएको आजको अन्नपूर्ण पोष्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्