काठमाडौँ, २२ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।
कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा सहानभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले आज आयोजना गरेको राष्ट्रिय शोक दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट चीनप्रति ऐक्यबद्धता जनाएका हुन् । File Photo
On behalf of the Government and people of Nepal as well as on my own, I express solidarity to the Government and people of China on the occasion of today's National Day of Mourning in memory of the valiant heroes who sacrificed their precious lives in fighting against COVID-19.
— K P Sharma Oli (@kpsharmaoli) April 4, 2020