काठमाडौं, २२ चैत्र । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज कोरोना रोकथाम तथा नियन्त्रणको लागि गठित उच्चस्तरीय समन्वय समितिमा रहेका ७ जना मन्त्रीहरुसँग अनौपचारिक छलफल गरेका छन् ।
उक्त छलफलमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा केही कमिकमजोरी भयो भनेर स्विकारिएको स्रोतले जनाएको छ । स्वास्थ्य सामग्री खरिदमा ठूलो अनियमितता भएको भनेर सम्झौता नै रद्द गरिएको छ ।
त्यस्तै, आजको छलफलमा चैत्र २५ गतेसम्मको लकडाउन एक साता लम्ब्याउनेबारे पनि छलफल भएको छ । लकडाउनको अवधि बढाउनेबारे समितिले आजको आज मन्त्रिपरिषदमा प्रस्तावसमेत लगेको छ । file photo