Logo

ट्युबमा गैरकानुनी रुपमा महाकाली तर्दा समातिएका थिए कोरोना संक्रमित



काठमाडौं, २२ चैत्र । नेपालमा कोरोना भाइरसबाट संक्रमित आठौं व्यक्ति भारतको उत्तराखण्डमा सडक निर्माणमा श्रम गर्न पुगेका थिए । कोरोना भाइरसको संक्रमणपछि लकडाउन भएपछि उनी लामो यात्रा गरेर सीमामा पुगे । लकडाउनका कारण सीमा बन्द गरिएपछि नेपालीहरु रोकिए ।

सीमामा रोकिएपछि उनी टनकपुरको बम्हादेव क्षेत्रबाट ट्युबमा बसेर नदी तरेका थिए । त्यसपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । त्यस क्रममा उनको स्वास्थ्यमा केही समस्या आएपछि चेकजाँच गरी परीक्षणका लागि स्वाब लिइएको थियो । आज उनको परीक्षण पोजेटिभ आयो । नेपालमा कोरोना भाइरसका आठौं संक्रित ४१ वर्षीय व्यक्तिको कञ्चनपुरको वेदकोटका हुन् ।

उत्तराखण्डको चम्फावत जिल्लाको लुहाघाट सल्लीगाउँको सडक निर्माणका लागि २ चैत्रमा पुगेका थिए । एउटै टेण्टमा ११ जना बस्ने, खाने र सुुत्ने गरेको बुझिएको छ । कोरोना त्राससँगै लकडाउन शुरु भएपछि भारतबाट अवैध बाटो पैदल हुँदै आएर सीमामा पुगेका थिए । महाकाली नदीको टनकपुर ब्रहदेव क्षेत्रबाट ट्युबमा नेपाल छिरेपछि पक्राउ परेका थिए ।

एक दिन र रात लगाएर नेपाल छिरेका उनलाई १४ चैत्रमा प्रहरीले पक्राउ गरी सुन्दरपुरको क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ उनीहरुको सेनाको टोलीले स्वास्थ्य परीक्षण गरेको बुझिएको छ । उक्त टोलीमा रहेका ४१ वर्षीय ती व्यक्तिमा लक्षण देखिएपछि नमूना परीक्षणका लागि लगिएको थियो । परीक्षणबाट उनको कोरोना संक्रमण पत्ता लागेको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्