काठमाडौं, २२ चैत्र । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि यही चैत्र २५ गते राति १२ बजेसम्म लकडाउन लगाएको छ । यो अवधिमा दैनिक ज्यालादारी र मजदुरी गरेर खाने वर्गलाई ठूलो मार परेको छ । तर, सरकारले त्यस्ता वर्गको लागि खाद्यान्न उपलब्ध गराउने समेत घोषणा गरेको छ । स्थानीय सरकारले पनि त्यस्ता परिवारको पहिचान गरेर राहत वितरण कार्यलाई तिव्रता दिईसकेका छन् ।
काठमाडौं महानगरले पनि यो अभियानलाई निरन्रता दिएको छ । राहत लिनेहरुको ठूलो संख्या देखिन्छ । तर, उनीहरुले राहत लिने क्रममा सामाजिक दूरी भने कायम नगरेको पाईएको छ । यसले गर्दा कोरोना संक्रमणको जोखिम बढ्नेसमेत खतरा औंल्याईएको छ । काठमाडौं–९ पुरानो बानेश्वर, बत्तिसपुतलीस्थित न्यु ओम सत्य साई क्याटरिङ एण्ड पाटी प्यालेसमा गरिएको राहत वितरणलाई हेर्ने हो भने कोरोना भाईरस ९कोभिड १९० का कारण मुलुकलाई ईटलीको हलतमा पुर्याउँदैन भन्न सकिने अवस्था छैन । हेरौं तस्विर:
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम