Logo

कोरोना भाइरसः संक्रमित संख्या १२ लाख र मृतक ६४ हजार नाघ्यो (देशको सूचीसहित)



एजेन्सी, २३ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख कटेको छ । मृत्यु हुनेको संख्या ६४ हजार कटेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित १२ लाख १ हजार ४ सय ७३ पुगेका छन् । मृतक संख्या ६४ हजार ६ सय ७८ पुगेको छ । २ लाख ४६ हजार ३ सय ८३ निको भई घर फर्किएका छन् ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या रहेका छन् । त्यसपछि स्पेन, इटाली, जर्मनी, फ्रान्स र चीन अगाडि छन् ।

विश्वका १८ देशमा मात्र संक्रमित भेटिएका छैनन् । ती देशहरुमा नमूना परीक्षण राम्ररी नहुँदा वा संक्रमित लुकाइएको विषय पनि आएको छ ।

देश         संक्रमित
अमेरिका ३११३५७
स्पेन १२६१६८
इटाली ११४६३२
जर्मनी ९६०९२
फ्रान्स ८९९५३
चीन ८१६६९
इरान ५५७४३
बेलायत ४१९०३
टर्की २३९३४
स्वीटजरल्यान्ड २०५०५
बेल्जियम १८४३१

स्रोतः वोल्डोमिटर



प्रतिक्रिया दिनुहोस्