Logo

ग्यास वितरण प्रभावकारी



काठमाडौँ, २३ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाना पकाउने ग्यास वितरण र व्यवस्थापनमा नेपाल आयल निगमले प्रभावकारी काम गरिरहेको बताएको छ ।

निगमले घुम्ती सेवाबाट ग्यास वितरण गरेपछि सरकारले ग्यास पु¥याउन सक्छ भन्ने सन्देश गएको उनको भनाइ छ । निगमले सञ्चालन गरेको घुम्ती सेवाको टेकुस्थित कार्यालयको शनिबार अनुगमन गरी मन्त्री भट्टले निगमको कामको सराहना गरेको हो । बन्दाबन्दीको समयमा सबैले ग्यास पाउन नसकेको गुनासो बढेपछि निगमले १२ वटा वर्गको पहिचान गरी घुम्ती सेवामार्फत घरमै ग्यास पु¥याउँदै आएको छ ।

चैत १८ गतेबाट सुरु गरेको घुम्ती सेवाले हालसम्म करिब नौ सय सिलिन्डर ग्यास वितरण गरिसकेको छ । ग्यास अभाव हुनेले फोन सम्पर्क गरेपछि घुम्ती सेवाले सोही स्थानमा ग्यास पु¥याउँदै आएको छ । ढुवानीको खर्च नलिई निगमले तोकेको मूल्यमा ग्यास वितरण गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार बजारमा सहजै पहुँच बनाउन नसक्ने वर्गबाट अहिले ग्यास नपाइएको गुनासो आएको छैन । घुम्ती सेवा सञ्चालन भएपछि उपभोक्ता नठगिएको उनको भनाइ छ ।

विशेष वर्ग तथा क्षेत्रको पहिचान गरी निगमले घुम्ती सेवामार्फत ग्यास उपलब्ध गराउँदै आएको छ । निगमले १२ वटा वर्गको पहिचान गरी घुम्ती सेवा प्रदान गरेको छ । अशक्त, वृद्धाश्रम, अस्पताल, बालगृह, अनाथालय, कारागार, किरियाघर, पुनस्र्थापना तथा सुधारगृह, निःशुल्क भोजन गराउने सङ्घसंस्था, दीर्घरोगी, सरकारले तोकेका क्वारेन्टाइनहरू, गरिब तथा मजदुर कर्मचारीलाई घुम्ती सेवाबाट ग्यास वितरण गरिएको छ ।

सम्पर्कका लागि निगमले विभन्नि नम्बर सार्वजनिक गरेको छ । जसमा प्रत्यक्ष नम्बर ११४६ वा ०१—४२६२६००, ०१—४२६३४८५ वा मोबाइल नम्बर ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३ मा सम्पर्क गरी ग्यास अडर गर्न सकिने जनाइएको छ । अर्डर गरेको केही छिनमै निगमले ग्यास उपलब्ध गराउँदै आएको खबर गोरखापत्रमा प्रकाशित छ ।



प्रतिक्रिया दिनुहोस्