पश्चिमा देशहरुमा कपाल झरेर तालु खुइलिनेको संख्या धेरै अघि नै बढेको हो । यो संख्या एशियालीमा कमै हुन्थ्यो । तर, पछिल्लो समय धेरै एशियालीको उमेर नपुग्दै तालु खुइलिने क्रम बढेको छ ।
तालु खुइलिनुमा वंशाणुगत कारण पनि छ । तर, खानपान, तनाव, कम निन्द्रा र बदलिंदो जीवनशैलीले मानिसहरुमा कपाल झरेर तालु खुइलिने क्रम बढेको तथ्य फेला परेको छ ।
युरोपेली र अमेरिकीहरुमध्ये आधाले ५० वर्ष नपुग्दै कपाल झर्ने समस्या झेल्दै आएका थिए । एशियलाीमा यो संख्या कमै हुन्थ्यो । तर, यसमा विस्तारै परिवर्तन आउन थालेको छ ।
सन् २०१० को अध्ययनले चीनका छ शहरहरुमा ३ प्रतिशत पुरुषको मात्र १८ देखि २९ वर्षमा तालु खुइलिने भेटिएको थियो । १३ प्रतिशत पुरुषको ३० वर्ष कटेपछि कपाल खुइलिने गरेको भेटिएको थियो । यसअघि दक्षिण कोरियामा १४ प्रतिशत पुरुषको कपाल खुइलिएको भेटिएको थियो ।
समय बदलिएको छ । पछिल्लो तथ्यांकमा दश वर्षबीच कपाल झरेल तालु खुइलिनेको संख्या बढेको छ । एक तिहाई संख्याले ३० वर्ष कट्दा कपाल पातलो हुँदै गएको र खुइलिएको बताएका छन् । जसका कारण चीनमा कपाल प्रत्यारोपणको क्लिनिकहरु फष्टाएका छन् । यो व्यापार चार वर्षभित्र चार गुनाले बढेको छ ।-एजेन्सीको सहयोगमा