एजेन्सी, २३ चैत्र । रुसमा एक व्यक्तिले गोली प्रहार गरी पाँचजना छिमेकीको हत्या गरेका छन् । ३२ वर्षीय पुरुषले रिजन क्षेत्रको यलाटा भन्ने वस्तीमा आज गोली चलाएका थिए ।
घटनामा पाँचजना मारिएको त्यहाँको प्रहरीले जानकारी दिएको छ । ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको जानकारी रुसी समय अनुसार साँझको दश बजे पाइएको त्यहाँको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर त्यस क्षेत्रलाई सिल्ड गरेको थियो । प्रहरीले चार पुरुष र एक महिलाको शव फेला पारेको थियो । उक्त पुरुषको अर्पाटमेन्टमा हतियार फेला परेको थियो । घटनाको कारण घरेलु झगडा हुनसक्ने भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-तासबाट