Logo

कस्मिर भिडन्त : एक शैनिक, नौ आतंकवादी मारिए



एजेन्सी २३ चैत : जम्मु कस्मिरमा गएराती भिडन्त भएको छ l जम्मु कस्मिरमा गएको २४ घण्टामा नौ आतंकवादी मारिएको अन्तर्राष्ट्रिय संचार मध्यमले जनाएको छ ।

सुरक्षा बल र आतंकवादीबीच भएको बेग्लाबेग्लै भिडन्तमा आतंकवादीहरु मारिएको भारतीय संचारमाध्यमले जनाएका छन्। दक्षिण कस्मिरको बतपुरा इलाका र उत्तरी कस्मिरको केरान सेक्टरमा भारतीय सुरक्षा बल र आतंकवादीबीच भिडन्त भएको जनाइएको छ । भिडन्तमा एक कस्मिरी सुरक्षा बलका शैनिक मारिएका छन् । मारिएका एक आतंकवादीले एक सर्वसाधारणको हत्या गरेको बताइएको छ।

भारतीय सेनाका अनुसार आतंकवादीहरु खराब मौसमको मौका छोपी आक्रमणको प्रयास गरिरहेका छन्। कस्मिर सुरक्षा बलद्वारा खोजी कार्य अझै जारी रहेको जनाइएको छ l Photo Source : https://kalingatv.com/



प्रतिक्रिया दिनुहोस्

Screenshot