गर्भावस्थाको १२ हप्ताका अवधिलाई पहिलो अवस्था भनिन्छ । धेरै महिलालाई पाँच देखि सात हप्तासम्म आफु गर्भवती भएको थाहा नै हुँदैन । गर्भवतीे मासिक धर्म भएको पछिल्लो दिनबाट शुरु हुन्छ । यस समयमा गर्भाधानको आशंका धेरै हुन्छ र यसैले यस समयमा धेरै ध्यान दिनु आवश्यक हुन्छ ।
महिलाको शरीर पुरै गर्भावस्थाको लागि पहिलो तीनमहिनामा तयार हुन्छ । गर्भाशय भ्रुणलाई भित्र राख्नको लागि ठुलो हुन्छ । गर्भाशय सम्म पोषण पुग्नको लागि गर्भनाल विकसित हुन थाल्छ । यसको साथै हर्मोन र रगतको मात्रा दुईगुणा बढी र तौल धेरै बढ्न थाल्छ ।
पहिलो अवस्थामा शिशु एकदम छिटो तेजले विकसित हुन्छ । यो समयमा शिशुको स्पाइनल कार्ड, मस्तिष्क वा अन्य अंग बन्ने र यसबाट गर्भावस्थाको अन्तिमसम्म अल्ट्रासाउन्डमा शिशुको हृदयको धड्कन पनि सुन्न सकिन्छ ।