एक महिलाको लागि आमा बन्नु जीवनको सबैभन्दा अद्भुत अनुभव हो । घरमा नयाँ बच्चा जन्मिदा परिवारमा खुशी भइृ वातावरण सकरात्मकले भरिन्छ । यस्तो अवस्थामा गर्भवती महिलाको स्वास्थ्यमा ध्यान दिन आवश्यक हुन्छ । गर्भवती महिलाको यस्तो अवस्थामा पौष्टिक आहार र खुशी रहन अत्यन्त जरुरी हुन्छ । यस्तो गर्दा गर्भमा भएको बच्चा गुणवान र स्वस्थ हुन्छ ।
एक अमेरिकी रिपोर्टअनुसार गर्भवती महिलालाई डिप्रेशन र तनाब हुन्छ यसले उसको पेटको बच्चालाई पुरै प्रभाव पार्छ । बच्चाको शरीरको महत्वपुर्ण अंग दिमाग र हृदयको विकासमा तनाबले अवरोध सिर्जना गर्न सक्छ । यसरी नजन्मिएको बच्चाको सारा जिम्मेवारीको भार आमामा पर्छ ।
गर्भवती अवस्थामा महिलाको हेरचाह
केहि महिलालाई साइकोथेरापी र काउन्सेलिङले मद्दत गर्न सक्छ । यसको मद्दतले बच्चाको मानसिक समस्यालाई घटाउन सक्छ । डिप्रेशन वा तनाबको लागि दिने यो उपचार औषधि भन्दा धेरै फाइदा हुन्छ ।
गर्भवती महिलाको मानसिक समस्या समाधान गर्न जाँच गर्नु नै आवश्यक हुन्छ । बच्चाको दिमागमा उत्पन्न भएको समस्या कुनै एक कारणले मात्र हुँदैन । यस्ले बच्चालाई आजीवन अंपागता बनाउन पनि सक्छ ।